उदयपुरको रौतामाई गाउँपालिका-५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
सोमबार भएको दुर्घटनामा खोटाङको खोटेहाङ गाउँपालिका-७ का २५ वर्षीय रविन गेलाल र २८ वर्षीय अनिश कटुवाल घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरको टोली घाइतेको उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ। सडकबाट करिब ५ सय मिटर तल खसेको छ।
42
Shares

प्रतिक्रिया