श्रीमती हत्याको अभियोगमा प्रहरीले सिन्धुलीबाट एक पुरुषलाई पक्राउ गरेको छ।
४६ वर्षीया रीता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वीरबहादुरले बन्चरो प्रहार गर्दा रीताको घटनास्थलमा मृत्यु भएको हो।
आइतबार घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई सोमबार पक्राउ गरेको हो।
222
Shares

प्रतिक्रिया