मोरङबाट स्रोत नखुलेको साढे चार लाख रुपैयाँ भन्दा धेरै नगदसहित एक युवक पक्राउ परेका छन्।
कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रूपैयाँसहित जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
विशालको साथमा स्रोत नखुलेको नगद फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
414
Shares

प्रतिक्रिया