समाज


नेकपाका उम्मेदवार पक्राउ परेको गाडीमा फेला पर्‍यो ९ थान सुतली बम र सुँगुरको टाउको

नेकपाका उम्मेदवार पक्राउ परेको गाडीमा फेला पर्‍यो ९ थान सुतली बम र सुँगुरको टाउको

नेपालखबर
फागुन २०, २०८२ बुधबार ११:४८, काठमाडौँ

गएराति पर्साबाट पक्राउ परेका नेकपाका उम्मेदवार मनोजकुमार चौधरी सवार गाडीमा सुतली बम र सुँगुरको टाउको फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीले चौधरीलाई गएराति करिब १० बजे पर्साको पर्सागढी नगरपालिका वडा नम्बर-३ बडनिहारबाट पक्राउ गरेको थियो। 

आज बिहान उनी सवार बा.१० च १२५० नम्बरको गाडी सेनाको टोलीले खानतलासी गर्दा नौथान सुतली बम, एउटा सुँगुरको टाउको र १० मिटर वाइरिङको तार फेला परेको हो। 

चौधरीसँगै अन्य तीन जना पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका डीएससी हरिबहादुर बस्नेतले जानकारी दिए। 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १७ निवासी ४६ को मनोज कुमार चौधरी (नेकपाका उम्मेदवार), बाराको प्रसौनी गाउँपालिका ४ बस्ने २६ वर्षीय सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका ९ बस्ने ३० वर्षीय सुरज कार्की र पर्सागढी नगरपालिका ३ का ६८ वर्षीय सत्यनारायण थारु छन्। 

उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धि कसूर, सार्वजनिक शान्ति विरुद्धको कसूर र निर्वाचन सम्बन्धि कसूरमा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad