काठमाडौँ उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ।
यस क्रममा आज (शुक्रबार, २२ फागुन), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम १६.४ डिग्री सेल्सियस छ।
हिजो (बिहीबार) उक्त समय काठमाडौँको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे १२.९ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ।
मौसमविद्का अनुसार हिउँद सकिएर प्रिमनसुन लागेयता काठमाडौँमा मात्र होइन, देशभर नै तापक्रम बढ्दो छ।
अंग्रेजी महिना मार्च १ देखि नेपालमा प्रिमनसुन सिजन लागेको छ।
बिहीबार यस्तो थियो तापक्रम सूची

Shares

प्रतिक्रिया