नवनिर्वाचित सांसद महावीर पुनलाई दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई पक्राउ गरेको हो।
यही फागुन २५ गते पोखराको पृथ्वीचोकमा पूर्वमन्त्री पुनको टिमले ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा गुरुङले अभद्र व्यवहार गरेका थिए।
घटना विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि प्रहरीले खोजतलास गरेको थियो।
उनलाई पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका अनुसार गुरुङ यस भन्दा अगाडी तीन पटक लागुऔषध मुद्दामा सजाय पाएको समेत प्रहरी अभिलेखबाट खुल्न आएको छ।
552
Shares

प्रतिक्रिया