समाज


जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजारसहित दुई युवक पक्राउ

जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजारसहित दुई युवक पक्राउ

नेपालखबर
चैत १, २०८२ आइतबार १३:१९, काठमाडौँ

काठमाडौँबाट स्रोत नखुलेको रकमसहित दुई युवक पक्राउ परेका छन्। 

काठमाडौँ महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार ८४० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा काठमाडौँको कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ छन्। 

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२-५२ प ६९९४ नम्बरको स्कुटर रोकेर उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुलाई खानतलासी गर्दा स्रोत नखुलेको नगद भेटिएपछि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad