समाज


हायत होटल तोडफोड, प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने २ जना पक्राउ

हायत होटल तोडफोड, प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने २ जना पक्राउ

नेपालखबर
चैत १, २०८२ आइतबार १५:२५, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौँको बौद्धस्थित हायत होटल तोडफोड गर्ने दुई व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ घर भइ काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने वर्ष ३७ को कुले भन्ने कुलध्वज लामा र काभ्रेपलान्चोकको रोसी गाउँपालिका–४ घर भइ बौद्ध बस्ने वर्ष ३७ को कोरियन भन्ने राकेश लामा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले जेनजी आन्दोलनको मौका छोपी उक्त होटल भित्र रहेको प्राईड क्यासिनो लुटपाट र आगजनी गरेका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज (फागुन ३० गते) बौद्धबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad