पशु सेवा विभागले नेपालका विभिन्न क्षेत्रमा ‘लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को संक्रमण देखिएको जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले सूचना जारी गर्दै नेपालका विभिन्न ठाउँका पोल्ट्री फार्मका कुखुरामा
लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको जानकारी गराउँदै सावधानी अपनाउन भनेको हो।
‘यो रोग विशेषगरी संक्रमित कुखुरा तथा पशुपन्छीसँग प्रत्यक्ष सम्पर्क, संक्रमित पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसार, दाना तथा कुखुरा डुवानी गर्ने सवारी साधनका साथै स्वास प्रश्वासबाट सजिलै सर्ने गर्दछ,’ विभागका महानिर्देशक डा.उमेश दाहालले जारी गरेको सूचनामा भनिएको छ।
विभागले संक्रमण थप फैलिन नदिन आवश्यक सतर्कता अपनाउन पनि भनेको छ।

45
Shares

प्रतिक्रिया