समाज


चौरजहारीका मेयर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चौरजहारीका मेयर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालखबर
चैत ३, २०८२ मंगलबार १४:२६, काठमाडौँ

रुकुम पश्चिमको चौरजहारीका मेयर पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

मंगलबार विशेष अदालत काठमाडौँमा मेयर वादीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए। उनीसँगै चौरजहारीका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको छ। 

नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको आर्थिक वर्ष २०८१/८२ मा करार थप्न घुस लिएको मेयर वादीलाई आरोप लागेको छ। सबइन्जिनियर शाहले नै करार थप्नका लागि मेयर वादीलाई एक लाख रुपैयाँ घुस दिएको अख्तियारमा उजुरी हालेका थिए। 

आर्थिक वर्ष २०८१/८२ मा एक लाख घुस दिएर करार थपिएको र आर्थिक वर्ष २०८२/८३ मा एक लाख घुस दिन नसक्दा करार थप नगरी बर्खास्त गरेको भन्दै शाहले नै अख्तियारमा उजुरी हालेका थिए। त्यसमा छानबिन गर्दा घुस लिए र दिएको भेटिएकाले लिने र दिने दुवै जना विरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता न्यौपानेले बताए। 

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा दुवै जनालाई कैद सजाय माग दाबी गरिएको छ। त्यस्तै, घुस लिए दिएको एक लाख रुपैयाँ जफत गर्न पनि माग गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad