एसियाली फुटबल महासंघले मलेसियालाई कारबाही गरेको छ।
नेपाल र भियतनामविरुद्धको खेलमा अयोग्य खेलाडीलाई खेलाएको भन्दै कारबाही गरेपछि मलेसियाको २०२७ मा हुने एएफसी एसियन कप खेल्ने आशा समेत समाप्त भएको छ।
मंगलबार एएफसीले मलेसियाली फुटबल संघले झूटा कागजात तयार गरी सात खेलाडीका लागि पासपोर्ट बनाएको ठहर गरेको हो। एएफसीले संघलाई अनुशासनको कारबाही गर्दै ५० हजार अमेरिकी डलर समेत जरिवाना गराएको छ।
योसँगै नेपालविरुद्धको २–० को जित र भियतनामविरुद्धको ४–० को जितको नतिजा समेत उल्टिएको छ। अर्थात् अब नेपाल र भियतनाम दुवैले समान ३ अंक प्राप्त गरेका छन्।
एसियन कप क्वालिफायरअन्तर्गत यी टोलीहरु ग्रुप एफमा छन्। जसमा भियतनाम १५ अंकसहित क्वालिफाई हुँदा मलेसियाको ९ अंक, नेपालको ३ र लाओसको पनि ३ अंकसहित बाहिरिएका छन्।
Shares

प्रतिक्रिया