समाज


मानव अधिकार आयोगको टोलीले बुझायो जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन

मानव अधिकार आयोगको टोलीले बुझायो जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन

नेपालखबर
चैत ६, २०८२ शुक्रबार २०:१, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जेनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

आयोगको गठन गरेको अनुसन्धन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाएको हो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अनुसन्धान गर्न आयोगले सदस्य डा. लीली थापाको नेतृत्वमो अनुसन्धान समिति गठन गरेको थियो। 

त्यही समितिले शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएको मानव अधिकार उल्लङ्घन सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको हो। समितिले बुझाएको अनुसन्धान प्रतिवेदनका विषयमा आयोगको बैठकमा छलफल हुन जनाइएको छ। 

त्यस्तै, सरकारले पनि जेनजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो। जाँचबुझ आयोगले गत फागुन २४ मै सरकारलाई छानिबन प्रतिवेदन बुझाइसकेको छ। मन्त्रिपरिषद्को बैठकले छानबिन प्रतिवेदन ग्रहण गरे पनि सार्वजनिक भने गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad