समाज

हेर्नुहोस् सद्‌भाव र भाइचारा प्रकट गर्ने सुन्दर पर्व इदका ११ तस्बिर

हेर्नुहोस् सद्‌भाव र भाइचारा प्रकट गर्ने सुन्दर पर्व इदका ११ तस्बिर

इदका अवसरमा शनिबार सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-४ स्थित इदगाहमा सामूहिक प्रार्थना गरिँदै।

नेपालखबर
चैत ७, २०८२ शनिबार ११:११, काठमाडौँ

आज (शनिबार) इद (इद–उल–फित्र) पर्व, मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्।

रिस, राग र द्वेष बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी इद पर्व मनाइन्छ। 

आज इदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ।

सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ। 

इदको अवसरमा सरकारले सार्वजनिक बिदासमेत घोषणा गरेको छ। यद्यपि आज शनिबार पनि परेकाले स्वतः बिदा छ।

रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने इद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो। यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँछ।

यस अवसरमा आयोजना हुने ‘इफ्तार’ र सामूहिक नमाजले देश र समुदायमा एकता र सहअस्तित्वको भावना बलियो बनाउँछ।

दान र सहयोगको परम्पराले असहाय, गरिब तथा सहयोगको आवश्यकता भएकाप्रति करुणा र सहानुभूति जगाउँछ।

इदको चन्द्रमा देखेपछि ‘चाँद मुबारक’ वा ‘इद मुबारक’ भन्ने परम्परा शुभकामना मात्र होइन, आपसी सद्‌भाव र भाइचारा प्रकट गर्ने सुन्दर संस्कार हो।

इद–उल–फित्र धार्मिक पर्व मात्र होइन, सामाजिक सद्‌भाव र सांस्कृतिक ऐक्यबद्धताको प्रतीक पनि हो।

नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै शुभकामना आदानप्रदान गर्ने मौलिक परम्पराले सामाजिक सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ। 

विशेष परिकार बनाएर खाने-खुवाउने संस्कारले साझा खुसी बाँड्ने परम्परालाई जीवन्त राख्न सहयोग पुग्छ भने दान र सहयोगको संस्कारले समाजलाई न्यायपूर्ण र करुणामय बनाउन मद्दत गर्छ। 

यस पर्वले हामीलाई भाइचारा, मेलमिलाप र सामूहिकताको मूल्यलाई आत्मसात् गर्न प्रेरणा प्रदान गर्छ।

धर्मको मूल उद्देश्य मानवता हो। कुनै पनि धर्मले विभेदलाई स्वीकार गर्दैन, बरु त्याग, पवित्रता, अहिंसा, लोकहित, विवेक र सत्कर्मलाई प्रोत्साहन गर्दछ। धर्मले मानिसलाई सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्दछ। 

विपत्तिमा धर्मप्रतिको आस्था नै मानिसलाई धैर्य र साहस प्रदान गर्दछ। सद्‌भाव, सदाचार र समन्वय नै सभ्य समाज निर्माणका आधार स्तम्भ हुन्। 

यस दृष्टिले इद–उल–फित्रले हामीलाई धार्मिक आस्था मात्र होइन, सामाजिक न्याय, समता र सहअस्तित्वको मार्गमा अघि बढ्न उत्प्रेरित गर्दछ।

हेर्नुहोस् देशका विभिन्न स्थानमा इद मनाइएका केही तस्बिर

इदका अवसरमा दाङको घोराही उपमहानगरपालिका-१४ स्थित जामे मस्जिद अल सल्फियामा शनिबार सामूहिक नमाजमा सहभागी मुस्लिम समुदाय।
इदका अवसरमा दाङको घोराही उपमहानगरपालिका-१४ स्थित जामे मस्जिद अल सल्फियामा शनिबार सामूहिक नमाज पढिँदै।
इदका अवसरमा शनिबार सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-४ स्थित इदगाहमा सामूहिक प्रार्थना गरिँदै।
इदका अवसरमा शनिबार सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-४ स्थित इदगाहमा सामूहिक प्रार्थना गरिँदै।
इदका अवसरमा शनिबार सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका-४ स्थित इदगाहमा सामूहिक प्रार्थना गरिँदै।
इदका अवसरमा शनिबार काठमाडौँको घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सामूहिक नमाजमा सहभागी मुस्लिम समुदाय।

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad