समाज


वीरगन्जको एक होटलमा भेटियो पुरुष र महिलाको शव, सनाखतको प्रयास हुँदै

वीरगन्जको एक होटलमा भेटियो पुरुष र महिलाको शव, सनाखतको प्रयास हुँदै

नेपालखबर
चैत ९, २०८२ सोमबार ८:२२, काठमाडौँ

वीरगन्जको एक होटलमा एक पुरुष र एक महिलाको शव फेला परेको छ। 

प्रहरीले उनीहरू भारतीय नागरिक र नातामा दम्पती भएको आशंका गरे पनि शवको सनाखत हुन सकेको छैन। 

वीरगन्ज महानगरपालिकाको भानुचोकमा रहेको नवदुर्गा लजमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनीहरू तीन दिनदेखि त्यहाँ बस्दै आएका होटल सञ्चालकले बताएका छन्। आइतबार बिहान अबेलासम्म नउठेपछि खोजी गर्दा उनीहरू झुन्डिएको अवस्थामा फेला परेका प्रहरीको भनाई छ। 

प्रहरीका अनुसार पुरुष करिब ४० वर्षीय र महिला ३५ वर्षीया छन्।  

उनीहरूको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad