वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्। सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घट्न जाने देखिएको पनि स्पष्ट पारे।
हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरू कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क थियो। सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताए।
उनले भने,‘वनमा हुने डढेलो इन्सिडेन्ट कसरी घटना सकिन्छ? भन्ने कुराका भेरिएवलहरु के के हुन त? हाम्रो टेन्डेन्सी के छ भने यो जनवरीको इन्डमा पुसको तेस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म थ्रि डेस वीन्टर रेन्फल भयो भने त्यो वर्ष पोष्ट फायर हुने चान्सेस कम हुन्छ। पातपतिंगरहरू प्रशस्तै एकजर्ब गर्छ स्वायलले । पातपतिंगरहरू कुहिएर झर्ने धेरै सम्भावना हुन्छ। त्यसले घटाउन सक्छ।’
सचिव शर्माले वन डढेलो सम्बन्धमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताए।
Shares

प्रतिक्रिया