समाज


विद्यालयबाट स्टेसनरी सामग्री बिक्री वितरणमा रोक लगाउन स्थानीय सरकारको ध्यानाकर्षण

विद्यालयबाट स्टेसनरी सामग्री बिक्री वितरणमा रोक लगाउन स्थानीय सरकारको ध्यानाकर्षण

नेपालखबर
चैत ९, २०८२ सोमबार १८:४९, काठमाडौँ

पुस्तक तथा स्टेसनरी व्यवसायीहरूले विद्यालयबाट स्टेसनरी सामग्री बिक्री वितरण गर्न नदिन स्थानीय तहको ध्यानाकर्षण गराएका छन्।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, काठमाडौँ जिल्ला समितिले काठमाडौँका विभिन्न नगरपालिकाहरूलाई ध्यानाकर्षण पत्र बुझाएर अनुगमनलाई तीब्रता दिन आग्रह गरेको छ।

संघ अन्तर्गत बूढानीलकण्ठ नगर समितिका सदस्य विष्णु थापा मगरले काठमाडौँका बूढानीलकण्ठ, तारकेश्वर, टोखा लगायत नगरपालिकामा पुगेर स्थानीय सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए।

व्यवसायीहरूले सर्वोच्च अदालतको फैसला (२०६८) तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा उल्लिखित व्यवस्थाको भावनाविपरीत केही शैक्षिक संस्थाहरूले विद्यालय परिसरभित्र पाठ्यपुस्तक, संस्थागत लोगो अंकित अभ्यास पुस्तिका तथा स्टेसनरी सामग्रीको बिक्री वितरण गरिरहेको बताएका छन्।

निजी विद्यालयले विद्यार्थीलाई जबर्जस्ती कापी, पेन्सिल, रजिस्टरलगायतका सामग्री भिडाउने र चर्को शुल्क अशुल गर्ने गरिरहेको व्यवसायीको आरोप छ।

विद्यालयको यस्तो कार्य सर्वोच्च अदालतको आदेश विपरित हुनुका साथै अभिभावकलाई मर्का पर्ने गरेको व्यवसायीको जिकीर छ।

विद्यालयबाट स्टेनरी सामग्री बिक्री गर्न दिँदा आफूहरूको व्यवसाय समेत चौपट हुने उनीहरू बताउँछन्।

शैक्षिक सत्र सुरु हुनु अघि नै विद्यालयमा अनुगमन गरी विद्यालयबाट स्टेसनरी सामग्री बिक्री वितरणमा रोक लगाउन व्यवसायीले माग गरेका छन्।

स्थानीय तहको अनुगमन र कारबाही फितलो हुँदा कतिपय निजी विद्यालयहरूले विद्यार्थीलाई स्टेसनरी सामग्री भिडाएर अनावश्यक शुल्क अशुल गरिरहेको भन्दै नयाँ शैक्षिक सत्रमा यस्तो कार्य दोहोरिन नदिन स्थानीय सरकारलाई दबाब दिइएको व्यवसायीको भनाई छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad