समाज


यी ६ तस्बिरमा हेर्नुहोस् ‘चैती छठ’ समापन

यी ६ तस्बिरमा हेर्नुहोस् ‘चैती छठ’ समापन

चैती छठको अन्तिम दिन बुधबार बिहान सुनसरी इटहरी उपमहानगरपालिकास्थित बुढी खोलामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु।


नेपालखबर
चैत ११, २०८२ बुधबार ८:४८, काठमाडौँ

तराईमा आज (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व समापन गरिएको छ।

आज बिहान नजिकका जलाशयमा भेला भई व्रतालुहरूले अँजुलीभरि जल र प्रसाद लिएर सूर्यलाई अर्पण गरेका हुन्। 

गत आइतबार चैत शुक्ल चतुर्थीका दिन नहाय-खाय गरेर सुरु भएको यो पर्व चार दिनसम्म मनाइएको हो।

मंगलबार षष्ठी तिथिका दिन व्रतालुहरूले दिनभर निराहार उपवास बसी साँझपख अस्ताउँदो सूर्यलाई ‘सँझिया अरघ’ अर्पण गरेका थिए।

हेर्नुहोस् चैती छठ पर्व समापनका ६ तस्बिर

चैती छठअन्तर्गत बुधबार बिहान सर्लाही सदरमुकाम मलङ्गवा-८ स्थित माल पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु।
चैती छठ पूजाको अन्तिम दिन बुधबार सुनसरी इटहरी उपमहानगरपालिकास्थित बुढी खोलामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु।
महाेत्तरीकाे ओैरही नगरपालिका-१ स्थित महादेव पाेखरीमा बुधबार बिहान चैती छठकाे अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै व्रतालु।
महाेत्तरीकाे औरही नगरपालिका-१ स्थित महादेव पाेखरीमा बुधबार बिहान चैती छठकाे अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु।
चैती छठअन्तर्गत बुधबार बिहान सर्लाही सदरमुकाम मलङ्गवा-८ स्थित माल पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु।
चैती छठको अन्तिम दिन बुधबार सुनसरी इटहरी उपमहानगरपालिकास्थित बुढी खोलामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु।

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad