समाज


पाँच करोड ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

पाँच करोड ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

नेपालखबर
चैत १२, २०८२ बिहिबार १९:२६, काठमाडौँ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दाका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ शिवचोक घर भई हाल काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ५८ वर्षीय कृष्ण प्रसाद दंगाल र चितवनको खैरानी नगरपालिका–१० घर भएकी २८ वर्षीया सरिता गुनी रहेका छन्।

उनीहरूले हरेराम साहबाट ५ करोड ७० लाख रुपैयाँ ठगी गरेको आरोप छ।

ठगी, आपराधिक विश्वाघात तथा आपराधिक लाभ कसुर सम्बन्धी मुद्दामा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमती जारी भई फरार रहेका दंगाल र गुनीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले यही चैत ११ गते कागेश्वरी मनोहरा–८ बाट पक्राउ गरेको हो।

थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ।

अनुसन्धानका क्रममा सरिता गुनी विरूद्ध २०८१ माघ २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो रकम रू ३२ लाखको बैंकिङ कसुरमा र २०८२ जेठ ९ गते जिल्ला प्रहरी कार्यालय चितवनमै बिगो रकम रू ३० लाखको बैंकिङ कसुरमा मुद्दा दर्ता भएको देखिएको छ।

यो सहित उनीविरुद्ध कुल बिगो रकम ६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad