खेल


एन्फाको चुनाव स्थगित

एन्फाको चुनाव स्थगित

अध्यक्षका प्रत्याशीहरू दीर्घबहादुर केसी र हालका अध्यक्ष पंकजविक्रम नेम्वाङ।


नेपालखबर
चैत १२, २०८२ बिहिबार १९:३४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव स्थगित भएको छ। 

राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाका लागि एन्फालाई निलम्बन गरेपछि चैत १३ गते तय गरिएको चुनाव स्थगित भएको हो। एन्फाले निलम्बन गरेको पत्र पाएपछि तत्कालका लागि चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। 

एन्फाको निर्वाचन समितिका संयोजक रामचन्द्र गौतम, सदस्य सचिव लोकेन्द्र ओली र सदस्य सम्झना घिमिरेले बिहीबार साँझ सूचना जारी गरी चुनाव स्थगित गरिएको जनाएका हुन्।

सूचनामा भनिएको छ, ‘मिति २०८२/१२/१३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad