समाज


तीव्र गतिको मोटरसाइकल आफैँ दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु

तीव्र गतिको मोटरसाइकल आफैँ दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु

नेपालखबर
चैत १७, २०८२ मंगलबार ११:५९, काठमाडौँ

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु भएको छ। 

गौशाला नगरपालिका-३ इँटाटारमा बीआर ३१ एभी १९२३ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीकै औरही नगरपालिका-१ औरही बस्ने २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबास सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad