युवतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ घर भएकी सुकुमाया तामाङ र इन्द्रवती गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद तामाङ रहेका प्रहरीले जनाएको छ।
सुकमायाले काठमाडौँको मनमैजुमा संचालन गरेको अशोक खाजाघर र प्रमोदले संचालन गरेको मञ्जुश्री खाजाघरमा उनीहरुले युवतीहरूलाई विभिन्न प्रलोभनमा पारेर डर त्राससमेत देखाएर वेश्यावृत्तिमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।
पीडित युवतीको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया