समाज


स्वास्थ्य बिमामा ५९ लाख ७० हजार आवद्ध, ५०५ संस्थाबाट सेवा प्रदान

स्वास्थ्य बिमामा ५९ लाख ७० हजार आवद्ध, ५०५ संस्थाबाट सेवा प्रदान

नेपालखबर
चैत २५, २०८२ बुधबार १८:४, काठमाडौँ

स्वास्थ्य बिमामा आवद्ध हुने विमितको संख्या ५९ लख ७० हजार पुगेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। 

बुधबार दशौँ स्वास्थ्य बिमा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले यसबारे जानकारी दिएका हुन्। अहिलेसम्म ७७ वटै जिल्लाका ७५० स्थानीय तहमा सेवा विस्तार भएको र हाल ५०५ वटा स्वास्थ्य सेवा प्रदायक यस कार्यक्रममा आवद्ध भएको डा. पौडेलले जानकारी दिए। 

चालु आर्थिक वर्षमा हालसम्म १३ अर्ब रुपैयाँ भुक्तानी भइसकेको जनाइएको छ। त्यस्तै, चालु आर्थिक वर्षको अन्त्यसम्म २५ अर्ब रुपैयाँ आवश्यक पर्ने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए। 

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले बिमालाई व्यवस्थित र दिगो बनाउन सहायर्क अपरिहार्य भएको बताए। उनले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरे। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्षको समन्वय आवश्यक रहेकोमा जोड दिए। 

कार्यक्रममा बोल्दै बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले पहुँच र सेवा उपयोगका हिसाबले कार्यक्रम सफल भएको बताए। तर, वित्तीय रुपमा चुनौपूर्ण रहेको उनको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad