सिन्धुलीबाट ६ किलो अवैध लागुऔषध गाँजा बोकेर काठमाडौँ आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन्।
सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट उदयपुरको कटारी नगरपालिका–८ आहाले बस्ने ३७ वर्षीय टेक बहादुर मगरलाई
बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले दमकबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५ ख ३१५४ नम्बरको हायसलाई जाँच गर्दा हायसमा सवार
यता, सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट सहित सोही गाउँपालिका–६ बस्ने २१ वर्षीय अबजल अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको मे८प ५८७० नम्बरको स्कुटरमा सवार उनलाई
उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया