अहिले (शुक्रबार बिहान) काठमाडौँ उपत्यकाको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा बादल खासै छैन।
‘भिजिबिलिटी पनि ६ हजार मिटर छ’, उनले नेपालखबरसँग भनिन्, ‘आज पानी पर्ने सम्भावना पनि खासै देखिएको छैन। अर्थात् सम्भावना एकदम कम छ।’
यसैबिच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातमा देखिए भन्दा केही कम हुन सक्छ भने कहिलेकाहीँ त्यही कायम रहन सक्छ।
हिजो (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम १०.२ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २२.६ डिग्री सेल्सियस थियो।
आज देशभर मौसम कहाँ कस्तो हुन्छ भन्ने विषयमा मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
Shares

प्रतिक्रिया