जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार ‘बले’ भन्ने सागर लम्साल हाजिर जमानीमा छाडेको छ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर लम्साललाई प्रहरीले थुनामा राखेको हो।
उनीविरुद्ध कुनै उजुरी भने परेको थिएन। एक युवतीले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा उल्लेख गरेको भोलिपल्ट प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर ती युवतीले प्रहरीमा जाहेरी दिएकी थिइनन्।
प्रहरीले जाहेरी नपरेपछि लम्साललाई अभद्र व्यवहारसम्बन्धी कसुरमा थुनामा राखिएको भन्दै सूचना नै जारी गरेको थियो। तर शुक्रबार उनीमाथि कुनै मुद्दा नचलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा कागज गराएर आफन्तको जिम्मा लगाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए।
उनलाई गएको शनिबार काठमाडौँ परिसरले पक्राउ गरेको थियो।
Shares

प्रतिक्रिया