पत्रकार चेतन वली र माधव दाहालको फोटो दाङको तुलसीपुरस्थित सजना मिष्ठान भण्डारको शौचालयमा राखेर अपमानित गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघ लुम्बिनी प्रदेश समितिका अनुसार सो भण्डारको खाद्य सुरक्षाबारे तुलसीपुर डटकममा समाचार प्रकाशित भएपछि पत्रकारलाई यस्तो अपमानित र बदनाम गरिएको हो।
महासंघका महासचिव रामप्रसाद दाहालले घाटनाको विरोधमा एक विज्ञप्ति प्रकाशित गरी ‘समाचारप्रति कुनै गुनासो भए प्रचलित विधिअनुसार समाधान नखोजी यस्तो कुकर्म गर्नु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो’ भनेका छन्।
घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
216
Shares

प्रतिक्रिया