जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–२ पानधारा बस्ने वर्ष ४२ को ईन्द्रबहादुर नेपाली रहेका छन्।
नेपालीविरुद्ध जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले एक लाख रुपैयाँ जरिवाना र १० वर्ष कैद सजाय ठहर भएको थियो।
फरार रहेका नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज पानधाराबाट पक्राउ गरेको हो।
फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत, ललितपुर उपस्थित गराइएको छ।
102
Shares

प्रतिक्रिया