समाज


सडक सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगर र नेपाल प्रहरी बिच सहकार्य हुने

सडक सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगर र नेपाल प्रहरी बिच सहकार्य हुने

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार ११:२३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बिच भेटवार्ता भएको छ। 

डंगोल र कार्कीबिच आज बिहान भेटवार्ता भएको हो। 

उनीहरुबीचको भेटमा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिच सहकार्यका विषयमा छलफल भएको छ।  

त्यसक्रममा डंगोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवद्र्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताएकी छन्। 

‘महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ। यसले नागरिकहरुले महसुस गर्ने परिवर्तन प्राप्त गर्नेछन्,’ उनले भनिन्। 

त्यस क्रममा महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए।

‘उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ। यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ,’ उनले भने, ‘सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ।’

डंगोल र कार्कीबिच क्रममा लागू औषधको दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ् व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र विहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो। 

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सहित महानगरपालिकाका अधिकारीहरु र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधि पनि सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad