समाज


एनओसी अफिसले भन्योः अब घरैबाट ‘नो–अब्जेक्सन लेटर’ बनाउनुहोस्

एनओसी अफिसले भन्योः अब घरैबाट ‘नो–अब्जेक्सन लेटर’ बनाउनुहोस्

एनओसी कार्यालयमा विद्यार्थीको लाइन लाग्ने गरेको थियो


नेपालखबर
बैशाख ६, २०८३ आइतबार १५:५९, काठमाडौँ


वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरैमा वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पाउन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय (केयू)बीच एपीआई नेटवर्क जडानपछि यो सम्भव भएको हो।

एओसी शाखाका अनुसार वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ। केयूसँग यसअघि नै सम्झौता भइसकेको थियो। यो सँगै अब विदेश पढ्न जान चाहने विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन्। एनओसी शाखाले भनेको छ, ‘प्रक्रिया पूरा गर्दा घरै बसीबसी प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्राप्त गर्न सकिन्छ।’

दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सीआइएमएस) मा भेटिएको अवस्थामा मात्रै एनओसी प्रक्रिया अघि बढाइन्थ्यो।

जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा मात्रै एनओसी भेरिफिकेसन गरिन्थ्यो। अब यी सारा प्रक्रियाका लागि कार्यालय जानु नपर्ने एनओसी शाखाले जनाएको छ।

आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदनमा विश्वविद्यालयको सर्टिफिकेट राख्नु पर्ने हुन्थ्यो। विश्वविद्यालयका प्रणालीहरूसँग अन्तरआवद्धता नहुँदा आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपथ्र्यो।

एनओसी शाखाको अन्तरआबद्धता महालेखा नियन्त्रणको कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’सँग बनाइएको छ। एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत् जम्मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad