समाज


कुरिनटार, मुग्लिनबाट ५७ कारसहितका गाडी छुटे, असिना पर्दा धेरैका सिसा फुटे

कुरिनटार, मुग्लिनबाट ५७ कारसहितका गाडी छुटे, असिना पर्दा धेरैका सिसा फुटे

असिनाबाट क्षति पुगेको कार


नेपालखबर
बैशाख ७, २०८३ सोमबार ९:४५, काठमाडौँ

आइतबार साँझ चितवनमा असिनापानी पर्‍यो। मौसम बिगिएर असिनापानी पर्दा ७४ सवारी साधनमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका ३, ५ र ५ कुरिनटार, मुग्लिनसहित पृथ्वीराजमार्गबाट विभिन्न गन्तव्यतर्फ जाँदै गरेका र पार्किङमा राखिएका सवारी साधनमा क्षति पुगेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीषक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरुमा कार ५७, माइक्रोबस १५, मोटरसाइकल र ट्रक एक एक छन्। उनका अनुसार अधिकांश सवारी साधनका सिसा फुटेका छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad