समाज


चट्याङ लागेर युवकको मृत्यु

चट्याङ लागेर युवकको मृत्यु

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १०:१४, काठमाडौँ

गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

आइतबार साँझ वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५ तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ पर्दा थापा गम्भीर घाइते भएका थिए।

उनको पचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad