समाज


४४७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगरसहित मोरङबाट एक व्यक्ति पक्राउ

४४७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगरसहित मोरङबाट एक व्यक्ति पक्राउ

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १७:३, काठमाडौँ

मोरङको रतुवामाई नगरपालिका–१ बाट ४ सय ४७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङको रतुवामाई–१ का मोहम्मद आविद रहेका छन्।

वैशाख ७ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी५३९० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा सो चालक आविदले बोकेको झोलाबाट सो परिमाणमा लागुऔषध फेला परेको हो।

ब्राउनसुगरसहित पक्राउ परेका आविदको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad