समाज


उपचारलाई निरन्तरता दिन नसक्दा खप्तड छेडेदह–६ का वडाध्यक्षको निधन

उपचारलाई निरन्तरता दिन नसक्दा खप्तड छेडेदह–६ का वडाध्यक्षको निधन

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ८:०, काठमाडौँ

बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ। 

५० वर्षको उमेरमा गएराति उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले जानकारी दिइन्। उनको बुधबार राति नौ बजे आफ्नै घर नाईनामा मुत्यु भएको हो। 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित विष्ट चार वर्षदेखि ब्रेन क्यान्सरबाट पीडित थिए। 

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र राष्ट्रिय आधा झण्डा झुकाउने बताए। 

पारिवारिका स्रोतका अनुसार दुई वर्षअघि वीर अस्पतालमा उनको टाउकाको अप्रेसन गरिएको थियो। अप्रेसनपछि डाक्टरले उनलाई बढी नबोल्न, आराम गर्न र पटक पटक फलोअप आउन भनेका थिए। 

तर, घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले उपचारलाई निरन्तरता दिन सकेनन्। 

उनका दुई छोरा, दुई छोरी र श्रीमति छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad