समाज


नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको विशेष केन्द्रीय सभा

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको विशेष केन्द्रीय सभा

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार ९:२३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा विशेष केन्द्रीय सभा आयोजना गरेको छ। 

प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रतिष्ठानका संरक्षक, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। 

कार्यक्रममा प्रचण्डसँगै पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रतिष्ठानका सल्लाहकारका अध्यक्ष डा.महेश मास्केसहितले शुभकामना दिएका थिए। कार्यक्रममा गिरिराजमणि पोखरेलले स्वागत र सञ्चालन शंकर दुलालले गरेका थिए। 

केन्द्रीय सभाले प्रतिष्ठानका महासचिव प्रलाद बुढाथोकीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुसन कर्मचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ। 

त्यसअघि प्रकाश पौडेल, प्रकाश पोख्रेल, गङ्गा बेलबासे, विशाल खड्का, अंकिता श्रेष्ठ, श्रीगोविन्द महर्जन, ईश्वरी भट्टराई, निर्मल बराल लगायतले प्रतिवेदनहरूमाथि टिप्पणी गरेका थिए। 

पुष्पलाल श्रेष्ठसहित नेकपा स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने नरबहादुर कर्मचार्यको स्मृतिमा स्थापित प्रतिष्ठानले देशका विभिन्न ठाउँमा शिक्षालयहरू सञ्चालन गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad