राइड सेयरिङ चालकहरुले सेवाग्राहीसँग निजी कुराकानी गर्ने, अपशब्द बोल्ने र त्यसलाई भिडियो रकेर्ड गरी सामाजिक सञ्जालमा पोष्ट गरेका घटनाप्रति नेपाल प्रहरीले सचेत गराएको छ।
यसको महत्व के छ: पुरुष, महिला गरी राइड सेयरिङ प्रयोगकर्ता लाखौँ छन्। बिहान, दिउँसा, नभई राति पनि सेवाग्राहीले राइड सेयरिङ एपका प्रयोग गर्छन्। राइडरको यो व्यवहार गोपनियताको हक हनन हुन्छ।
प्रहरी सचेतनाको अर्थः जिल्ला प्रहरी परिसर काठमाडाैंले राइड सेयरिङ चालकहरुलाई सेवाग्राहीसँग निजी कुराकानी नगर, अपशब्द, गालीगलोज नगर, मर्यादित र व्यवसायिक भाषामा बोल, व्यवसायिक व्यवहार भनेको हो। आफ्नो व्यवहार नसुधारे प्रहरीले पक्राउ गर्नेछ। कानुनअनुसार कारवाही गर्नेछ।
पृष्ठभूमिः नेपालमा पठाओ, इनड्राइभर, याङ्गोसहितका राइड सेयरिङ एपहरु लोकप्रिय छन्। काठमाडौं, पोखरासहितका शहरमा दैनिक लाखौँले यो सेवा उपयोग गर्छन्।
Shares

प्रतिक्रिया