समाज


चैतमा ९०० विपद्का घटना, ३० जनाको मृत्यु

चैतमा ९०० विपद्का घटना, ३० जनाको मृत्यु

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १२:२९, काठमाडौँ

गएको चैत महिनामा विपद्का घटनामा परी देशका विभिन्न स्थानमा ३० जनाको मृत्यु भएको छ। 

आगलागी, हुरी, चट्याङ, हिमपातलगायतका विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो। 

एक महिनामा विपत्तिमा परेर २२२ जना घाइते भएका छन्। विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन्। 

विपद्बाट रु ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान  छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। 

विपद्बाट १४३ जना विस्थापित भएका छन्। सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad