काठमाडौँमा दुई मोटरसाइकल र एक स्कुटर ठोकिँदा भएको दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
काठमाडौँ महानगरपालिका-११ बबरमहलमा बा. १९ प ४५४१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ नरदेवी बस्ने रामेछाप घर भएकी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्का घाइते १ जनाको टिचिङ हस्पिटलमा र १ को केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
उक्त मोटरसाइकल रोकी राखेको बा.९१ प २६७९ नम्बरको स्कुटरमा ठक्कर खाई अनियन्त्रित भई प्र.३-०२-००९ प ३९२८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किन पुगेको थियो।
तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
Shares

प्रतिक्रिया