समाज


अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने सञ्चारमन्त्रीको प्रयत्नप्रति अनलाइन पत्रकार संघको असहमति

अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने सञ्चारमन्त्रीको प्रयत्नप्रति अनलाइन पत्रकार संघको असहमति

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १७:३०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा हालै जारी गरिएको विज्ञप्तिप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको छ। 

लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब सिर्जना गर्ने, डर–त्रास देखाउने तथा विद्यमान कानुनी प्रावधानको आडमा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने प्रयत्नप्रति संघले  स्पष्ट असहमति रहेको जनाएको छ।

‘मन्त्रालयले मिथ्या तथा भ्रामक सूचना नियन्त्रण गर्ने नाममा सम्पूर्ण अनलाइन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरी जारी गरेको चेतावनीले स्वतन्त्र पत्रकारिताको अभ्यासमाथि नकारात्मक असर पार्ने देखिन्छ । पत्रकारिता क्षेत्र आफैंमा आचारसंहिता, तथ्य पुष्टि र उत्तरदायित्वका मान्यताबाट निर्देशित हुन्छ । यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि संवाद, सहकार्य र संस्थागत संयन्त्र आवश्यक हुन्छ, न कि धम्कीपूर्ण शैली’, संघको विज्ञप्तिमा उल्लेख छ। 

विद्युतीय कारोबार ऐन लगायतका प्रावधानहरू प्रयोग गरी सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनीले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सम्भावना बढाउने संघले बताएको छ। यस्तो प्रवृत्तिले स्वतन्त्र अभिव्यक्ति, सूचनाको अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्ने खतरा रहेको संघको ठहर छ। 

संघले  भ्रामक सूचना नियन्त्रणको नाममा सम्पूर्ण सञ्चार क्षेत्रलाई एकै ढंगले दोषारोपण गर्ने र दमनकारी उपाय अपनाउने भन्दा पनि पत्रकारिता क्षेत्रका सरोकारवालासँग परामर्श गरी उपयुक्त नीति तथा व्यवहार विकास गरियोस् सरकारसँग आग्रह गरेको छ। 

साथै, प्रेस स्वतन्त्रताको सम्मान गर्दै संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार जिम्मेवार बन्न पनि संघले सुझाव दिएको छ।  संघले सबै सञ्चारकर्मीहरूलाई व्यावसायिक आचारसंहिता पालना गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा प्रतिबद्ध रहन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad