बाँके र संखुवासभामा दुईजना मृत अवस्थामा फेला परेका छन्।
बाँकेको नरैनापुर गाउँपालिका-३ बालापुर बस्ने ४५ वर्षीय खलिद खाँ मृत भेटिएका प्रहरीले जनाएको छ।
उनी सोही ठाउँस्थित दुर्गा सामुदायिक वनमा गए राति मृत अवस्थामा फेला परेका हुन्।
उनको मृत्युको कारण खुलेको छैन।
त्यसैगरी संखुवासभाको सिलिचोङ गाउँपालिका(१ सिक्तेमाटर बस्ने ३९ वर्षीय धन्दुराम राई पनि मृत भेटिएका छन्।
उनी संखुवाखोलामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
90
Shares

प्रतिक्रिया