काठमाडौँको माइतीघरमा धर्ना बसेकी शोभा पाठकमाथि कुटपिट गरिएको छ।
सोमबार दिउँसो धर्नामा बसिरहेकी पाठकमाथि नेकपा (एमाले)का सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहितले कुटपिट गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। कुटपिटबाट घाइते भएकी पाठकलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
प्रहरीले कुटपिटमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको छ। ‘माइतीघरबाट सात–आठ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ। हामी हेर्दै छौँ, को–को कुटपिटमा संलग्न हुनुहुन्छ। त्यसपछि थप कारबाही अगाडि बढ्छ’, एसपी भट्टराईले भने।
पाठकले महेश बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। तर उक्त उजुरीमाथि प्रारम्भिक अनुसन्धानपछि मुद्दा नचल्ने भन्दै सरकारी वकिलले तामेलिमा राख्ने निर्णय गरेका थिए।
त्यसविरुद्ध उनी उच्च अदालत, पाटन गइन्। उच्च अदालतले पनि उनको निवेदन खारेज गर्ने आदेश दिएको थियो।
त्यतिबेला तत्कालीन गृहमन्त्री सुधन गुरुङले पाठकलाई भेटेका थिए। विवादमा आएपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। अहिले गुरुङको पुनर्वहालीको माग गर्दै पाठक धर्नामा बसिरहेकी छन्।
Shares

प्रतिक्रिया