समाज


स्कुटर दुर्घटना हुँदा ३५ वर्षीय युवकको मृत्यु

स्कुटर दुर्घटना हुँदा ३५ वर्षीय युवकको मृत्यु

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १०:५५, काठमाडौँ

सुनसरीको इटहरीमा गएराति स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

इटहरी उपमहानगरपालिका– ५ मा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलङ्कीमा निर्माणाधीन ‘डाइभर्सन’मा को.२ प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ ठोक्किँदा उराँव गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad