कमला नदीले बगाउँदा सिन्धुलीमा एक युवकको मृत्यु भएको छ।
दुधौली नगरपालिका-४ पचरुखीमा कमला नदीले बगाउँदा स्थानीय २९ वर्षीय सुरेन्द्र अधिकारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वैशाख १४ गते साँझ घरबाट माछा मार्न गएका उनी अबेलासम्म पनि घर नफर्किएपछि खोजतलास गरिएको थियो।
खोजी गर्ने क्रममा पानीमा डुबेर मृत्यु भएको अवस्थामा मंगलबार उनको शव फेला परेको हो।
इलाका प्रहरी डकाहाको अनुसन्धान टोलीले घटना अनुसन्धान अघि बढाएको छ।
51
Shares

प्रतिक्रिया