समाज


गएराति तनहुँबाट हराएको गाडी कुलेश्वरमा भेटियो, पक्राउ परे २८ वर्षका युवक

गएराति तनहुँबाट हराएको गाडी कुलेश्वरमा भेटियो, पक्राउ परे २८ वर्षका युवक

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १२:४७, काठमाडौँ

गएराति तनहुँबाट हराएको गाडी काठमाडौँको कुलेश्वरमा भेटिएको छ। गाडीसहित एक युवकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

मंगलबार राति करिब पौने १२ बजे बन्दिपुर गाउँपालिका-४ सानो डुम्रेस्थित मुस्ताङ प्लाजा होटल अगाडि पार्किङ गरेर राखिएको अवस्थामा ग.२ च ७७९३ नम्बरको गाडी हराएको थियो। 

उक्त गाडी आज बिहान पौने नौबजे कुलेश्वरस्थित सकिल अटो वर्कसपमा पार्किङ गरिराखेको अवस्थामा प्रहरी बृत कालिमाटीबाट खटिएको टोलीले फेला पारेको हो। 

गाडीसँगै दाङको तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय बिपिन मगर पनि पक्राउ परेका प्रहरीले जनाएको छ। 

उक्त गाडी गोरखाको पालुङटार नगरपालिका- ७ मा रहेको पालुङ पोल्टि फिसर फार्मको नाममा दर्ता रहेको पाइएको छ। 

गाडीसहित पक्राउ परेका मगरलाई चोरिएको सवारीसहित प्रहरीले तनहुँ लैजाने तयारी अघि बढाएको छ। 

पार्किङबाट गाडी हराएको विषयमा बुधबार बिहान तनहुँ प्रहरीले जानकारी गराएपछि काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad