जल तथा मौसम विज्ञान विभागले पानी पार्ने नयाँ प्रणाली विकास भइरहेकाले थप वर्षा र हुरीको सम्भावना देखिएको जनाएको छ।त्यसैले सतर्कता अपनाउन आवश्यक छ।
मौसम विभागले आज (बुधबार) दिउँसो २:४० बजे जारी गरेको सूचनाअनुसार हाल बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हुरीसहित मध्यमसम्म वर्षा भइरहेको छ।
सचेत गराउँदै सूचनामा अगाडि भनिएको छ, ‘उक्त प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र नयाँ प्रणालीहरूसमेत विकसित हुँदै गइरहेकाले थप मेघगर्जन/चट्याङ/हावाहुरीसहित पानी पर्ने सम्भावना छ। आवश्यक सतर्कता अपनाउनुहोला। थप जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल हेर्दै गर्नुहोला।’
यो पनि : आज यी ६ प्रदेशमा तीव्र वेगको हुरी चल्ने प्रक्षेपण, बिहीबार बिहान मात्र रोकिने आकलन
Shares

प्रतिक्रिया