खेल


२१ ओभरमै पाँच विकेट गुमेपछि नेपाल संकटमा

२१ ओभरमै पाँच विकेट गुमेपछि नेपाल संकटमा

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १५:०, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध घरेलु टोली नेपाल संकटमा परेको छ। 

ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा पाँच विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ। दीपेन्द्रसिंह ऐरी र क्रिजमा छन्। 

ओपनर कुशल भुर्तेल एक रन बनाउँदा एलबीडब्लु धरापमा परे। आशिफ शेख १९ रनमा क्याच आउट हुन पुगे। 

रोहित कुमार पौडेल १० रन बनाउँदा नदीम खानको बलमा बोल्डआउट भए। एक रन बनाएका बसिर अहमद पनि नदिम कै बलमा आउट हुन पुगे। भीम सार्की २८ रनमा आउट भए। 

ओमानका लागि सकिल अहमद र नदिम खानले समान दुई तथा वासिम अलिले एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad