हावाहुरी र वर्षासँगै मौसम बिग्रिएपछि बुधबार साँझ ५ बजे नै काठमाडौं उपत्यका अँध्यारो भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अरु स्थानमा पनि हावाहुरी र वर्षा भइरहेछ।
मौसम पूर्वानुमान महाशाखाले आज अपरान्ह ४ बजेदेखि हावाहुरी र वर्षा हुने भन्दै यसअघि नै सचेत गराएको थियो।
हिजै एक सूचना जारी गर्दै आज बुधबार ५ः४५ बजेदेखि हावाहुरी चल्ने र भोलि बिहीबार बिहान ७ः४५ बजे मात्र रोकिने सम्भावना रहेको जनाएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सकेसम्म घरबाहिर हिँडडुल नगर्न, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्ता लगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउने आग्रह गरेको छ।
बिजुलीको तार लत्रिएको भए त्यसलाई नछुन, घर बाहिर आगो नबाल्न घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया