राजनीति


‘पूर्ववर्ती सरकारले गरेका विवादित नियुक्ति हटाउँदैछौँ’

‘पूर्ववर्ती सरकारले गरेका विवादित नियुक्ति हटाउँदैछौँ’

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १८:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिमा प्रश्न उठेकोले त्यसलाई सच्याउन खोजिएको बताएका छन्।

बुधबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

उनले योग्य व्यक्तिलाई पुनर्नियुक्ति गर्ने र परिवारवाद र आर्थिक चलखेलका आधारमा गरिएका नियुक्तिहरुलाई हटाउन खोजिएको जानकारी दिए। 

सभापति लामिछानेले अध्यादेशको कन्टेन्टका आधारमा बहस गर्नुपर्नेमा पनि जोड दिए। उनले आफूहरुको उद्देश्य जनतालाई राहत दिनु, रिक्त पदहरू योग्यताका आधारमा भर्नु र कामलाई समयमै सम्पन्न गर्नु रहेको दाबी गरे।

उनले भने, ‘पूर्ववर्ती सरकारले नियुक्त गरेका नियुक्तिहरूमा प्रश्न उठेका छन्। ती नियुक्तिहरूमा राम्रा मान्छेहरू छैनन् भनेको होइन। ती राम्रा मान्छेहरूलाई पुनर्नियुक्ति गर्नको लागि रास्वपालाई कुनै अप्ठ्यारो छैन। तर राजनीतिक नियुक्तिहरू परिवारवादमा गए, पार्टीका नजिकका मान्छेहरूले पार्टीमै पोजिसन भएकै कारणले पार्टीको राजनीतिक आस्था र आडका कारणले राज्यका निकायहरुमा भर्ति केन्द्र भयो भनेर उठेको होइन र प्रश्न? कयौँ राजनीतिक नियुक्तिहरूमा त पैसाको चलखेल भयो भनेर प्रश्न उठेको होइन र? तिनलाई सम्बोधन गर्नको निमित्त हामीले पाएको म्यान्डेट त्यो हटाउ भनेर पाएको म्यान्डेट त होला नि।’ 

उनले अध्यादेश ल्याउन संवैधानिक र लोकतान्त्रिक अधिकार रहेको बताए। लोकतन्त्रप्रति पूर्ण वफादार भएर नै एउटा संवाद समेत नगरी सार्वजानिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिएको उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad