ad ad

समाज


युवकको मृत्यु भएको नरैनापुरका अध्यक्ष भन्छन्ः सबै भद्रगोल छ, म अब धान्न नसक्ने अवस्थामा पुगिसकेँ

युवकको मृत्यु भएको नरैनापुरका अध्यक्ष भन्छन्ः सबै भद्रगोल छ, म अब धान्न नसक्ने अवस्थामा पुगिसकेँ

नेपालखबर
जेठ ५, २०७७ सोमबार १०:२२,

नरैनापुर गाउँपालिकामा १३ वटा क्वारेन्टिन छन्। सबैमा गरेर अहिले ७ सय ५९ जनालाई राखिएको छ। भारतसँग सीधा सिमाना जोडिएको हुनाले गाउँपालिकामा प्रवेश गर्नेहरुको संख्या दैनिक बढिरहेको छ।

क्वारेन्टिन राख्ने ठाउँ नभएर विद्यालयमा राखिएको छ। यहाँको समस्या भनेको गर्मी हो। टिनको छाना भएका घरमा बस्न सक्ने अवस्था छैन।

वैशाख २० गते आएका एक युवाको आइतबार बिहान मृत्यु भयो।

मुम्बईमा रोजगारी गर्ने ती युवालाई यहीँको एउटा क्वारेन्टिमा राखिएको थियो। गाउँपालिकाले गर्न सक्नेसम्म गरेकै हो। उनलाई राख्दासम्म समस्या थिएनजस्तो लाग्छ। एक्कासि मृत्यु भयो।

त्यसपछि तनाव झन् थपिएको छ। हामीले ३ दिनअघि २ सय ६३ जनाको पीसीआर परीक्षण गरेका थियौं। त्यसमध्ये ८ जनाको पोजिटिभ आएपछि दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल पठाएका छौं।

बाँकी रहेकाहरुको रिपोर्ट आज साँझ आउँछ होला, म भगवानसँग प्रार्थना गरेर बसेको छु– कसैको पनि पोजिटिभ नआइदिओस्।

याे पनि: थप ५३ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७

दुर्गम ठाउँ भएकाले मापदण्ड अनुसारको क्वारेन्टिन बनाउन सकिएको छैन। केन्द्र सरकारले पनि सहयोग गरेको छैन, बजेट अभाव छ। खाली फोन गरेर के भएको छ मात्रै भन्छन्, व्यवस्थापन कसरी गरेको छ भनेर सोध्छन्। सहयोग चाहिँ केही गर्दैनन्। मलाई छिनछिनमा फोन गरेर के भइरहेको छ मात्रै सोध्छन्।

खर्च कसरी गर्ने, बजेट कहाँबाट ल्याउने, कसरी व्यवस्थापन गर्ने, समस्या छ। अहिलेसम्म त जेनतेन गरेको छु, अब म गर्न नसक्ने अवस्थामा पुगिसकेँ। यहाँको समस्या समाधान गर्न कसैले रुची देखाएका छैनन्। सबैथोकको जिम्मा कसले लिने हो? म पागल भइसकेँ। कुन मन्त्रीले गर्ने हो यो काम? कि फटाफट भन्नुपर्‍यो, सबै तिमी गर भनेर। त्यो पनि नभन्ने, अनि सहयोग पनि केही नगर्ने।

मैले केही सोच्न नसक्ने अवस्था बनिसक्यो, तनाव छ।

अझै बाँकी रहेकाहरुको पीसीआर परीक्षण गर्नुपर्ने छ। राति आउने रिपोर्ट के हुने हो, डर लागिरहेको छ।

अहिलेसम्म गाउँपालिकाले क्वारेन्टिनमा बसेकाहरुलाई खाना र नास्ता त व्यवस्था गरेको छ। तर, भद्रगोल तरिकाले राख्नुपरेको छ, कसैले सहयोग गर्दैनन्।

क्वारेन्टिनमा सेनाले बनाउने जस्तो क्याम्प बनाएर एक–दुई जना सेनालाई सुरक्षा जिम्मा दिन सकेको भए यस्तो तनावको अवस्था आउने थिएन तर, कसले सुन्ने? हाम्रो कुरा कसैले सुन्दैनन्।

युवकको मृत्यु भएपछि सबै हामीमाथि नै सोधखोज गरिरहेका छन्। हामीले सक्दो त गरेकै हो नि।

सरकार, प्रदेश सरकारबाट सहयोग नभएपनि हामीले व्यवस्थापन गरेकै हो। तैपनि नहुनुपर्ने घटना घट्यो। अब त्यस्तो घटना रोक्ने हो भने सरकारले विज्ञ स्वास्थ्य टोली खटाउनु पर्‍यो।

स्वास्थ्य टोली परिचालन नगर्ने हो भने समस्या चर्किने खतरा बढिसक्यो। आज आउने रिपोर्टमा संक्रमितको संख्या थपियो भने हामीलाई निकै गाह्रो पर्छ। 

(बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहसँग नेपालखबरका सागर न्यौपानेले गरेको कुराकानीमा आधारित)

यो पनि:

कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : ‘गाह्रो भयो’ भने पनि न लगियो अस्पताल, न आए डाक्टर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .