समाज


महेश बस्नेतकी पत्नीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

महेश बस्नेतकी पत्नीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १९:१९, काठमाडौँ

नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धानका लागि तेस्रो पटक पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। 

शोभा पाठकलाई माइतीघर मण्डलामै गएर कुटपिट गरेको आरोपमा प्रहरीले वैशाख १४ गते १० जनालाई पक्राउ गरेको थियो। धर्नामा बसेकी पाठकलाई माइतीघरमै पुगेर उक्त समूहले हातपात गरेको थियो। 

त्यसक्रममा बस्नेतकी पत्नीलाई समेत पाठक समूहका केही पुरुषले हातपात गरेका थिए। तर प्रहरीले उनीहरूलाई भने पक्राउ गरेको छैन। घटनापछि शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। 

पाठकको जाहेरीका आधारमा प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको काठमाडौँ परिसरले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad