समाज


रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटना छानबिन गर्न समिति गठन

रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटना छानबिन गर्न समिति गठन

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार ५:३८, काठमाडौँ

 गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका-१ सल्यापमा बिहीबार भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। 

मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय (तुलसीपुर) का प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिए। 

समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ।

रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो ३ बजे कच्ची सडकबाट करिब आठ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad